भक्तराज आचार्यलाई अन्तिम श्रद्धाञ्जली दिइँदै, अन्त्येष्टि आजै

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १५ गते मङ्गलवार

काठमाडौं : गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको पार्थिव शरीर  श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ। आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानाको प्रांगणमा राखिने संगीतका चेतन सापकोटाले बताए। यस क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले उनका गीत गाउनेछन्।

दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ।त्यसपछि अपरा्हन अ​न्तिम संस्कारका लागि पशुपतिस्थित आर्यघाट लगिनेछ र, दाहसंस्कार गरिनेछ।  ८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो । उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार