भोलि बिहान तुलसीपुर रोयल्स र दंगाली लायन्स भिड्दै

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १४ गते सोमवार


 दाङ   :  लुम्बिनी प्रदेशकै ठूलो राशिको फ्रेन्चाइज दाङ क्रिकेट लिगको दोश्रो संस्करणमा सहभागी टिम तुलसीपुर रोयल्सको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । तुलसीपुरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर तयारी पूरा भएको जनाएको हो ।
तुलसीपुर रोयल्स टिममा पाँच जना राष्ट्रियस्तरमा खेली सकेका खेलाडी, पाँच जना दाङ सिनियर टिमबाट खेलिसकेका, दुई जना दाङ १९ वर्षमुनिका खेल खेलेका र दुई जना दाङ र बाहिर खेली सकेका खेलाडी गरी १४ जना खेलाडी अनुबन्धित भएको छन् । दिवान पुनको कप्तानीमा रहेको टिमको कोचमा दिपेन्द्र प्रताप सिंह अनुबन्धित भएका छन् ।

कोच दिपेन्द्रले गेमको विजेता हुने गरेर नै आफ्ना खेलाडीलाई प्रशिक्षण दिएको जिकिर गरेका छन् । त्यस्तै कार्यक्रममा टिम म्यानेजर कमल डाँगीले पछिल्लो समय तुलसीपुर क्षेत्र खेलको हवको रुपमा विकास भैरहेको बताएका छन् । मंगलबार  बिहान हुन लागेको तुलसीपुर रोयल्स र दंगाली लायन्सबीचको प्रतियोगितामा आफ्नो टिमले निकै नै आकर्षक  खेल प्रदर्शन गर्ने विश्वास लिएको बताए । साथै उनले तुलसीपुर लगायत दाङवासीलाई तुलसीपुर रोयल्स टिमलाई सर्पोट गर्न समेत आग्रह गरेका छन् ।

उनले खेलाडीको मनोबल बढाइ दिनका लागि स्टेडियममै गएर खेल हेर्न पनि आग्रह गरे । टि – ट्वान्टी लिगका आधार खेल खेलाइने छ । प्रतियोगितामा घोराही टाइगर्स , दंगाली लायन्स, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा टिमहरू सहभागी छन् । प्रतियोगिताको सोमवार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका छन् । लिगको विजेता टिमले नगद दुई लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी, बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश र दश हजार, म्यान अफ द सिरिजलाई पन्ध्र हजार, म्यान अफ द म्याचलाई पाँच हजार प्रदान गरिने छ । प्रतियोगिता आगामी फागुन १४ देखि फागुन १९ गतेसम्म घोराही उपमहानगरपालिका १७ गुलरिया रहेको घोराही क्रिकेट मैदानमा जारी छ । प्रतियोगिताको उद्घाटन खेल घोराही टाइगर्स र दंगाली लायन्सका बिच भएको छ । यसैबिच, तुलसीपुर रोयल्सले महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरमा २५ हजार बराबरको अक्षय कोष स्थापना गर्ने भएको छ । उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीका लागि अध्यक्ष कोष स्थापना गरिएको टिमका प्रमुख दिनेश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार