काठमाडौँ : रकम लिएर मुद्दाको फैसला गर्ने दुईजना न्यायाधीश बर्खास्त भएका छन्। न्यायपरिषद्को आइतवार बसेको बैठकले सिफारिश गरेका उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला बर्खास्त भएका हुन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदमुक्त गरेका उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश थपलियामाथि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिचौलियाको रूपमा काम गरेको आरोप लागेको छ।
काठमाडौँ जिल्ला अदालतमा कार्यरत अर्का न्यायाधीश निरौला अपहरण, शरीर बन्धक तथा फिरौती लिएको कसुरमा पक्राउ परेका ‘सोले’ भन्ने दुर्गाबहादुर बुढाथोकीलाई भारतीय नागरिक भन्दै सफाइ दिएपछि विवादित बनेका थिए। व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउन घुस डिल गरेका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई भने सचेत गराएर महोत्तरी सरुवा गरिएको छ । जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसकेका छन्।