ज्ञानज्योतिमा एचएम पढ्ने विद्यार्थीले विभिन्न परिकार खुवाए

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १२ गते शनिवार

दाङ  :  तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूले आफूले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफूले सिकेका सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो । आईएसटी कलेज काठमाडौँको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिभल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफूले बनाउन जानेका विभिन्न परिकार बनाएका थिए । ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कुल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा ७ दिने तालिमको आयोजना गरिएको हो ।

कलेजका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा आईएसटी कलेज प्रमुख सम्झना बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेकोले लगनशील हुनुपर्ने बताए । विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताए ।

  कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक बसन्त रावतले ज्ञानज्योति स्कुलले विगत १५ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताए । कार्यक्रममा विद्यार्थी पिपला सुवेदी, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोलेका थियो, भने कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका भाइस प्रिन्सिपल  मनोज केसी र कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार