काठमाडौँ : निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् । द स्काइ ओसन इन्टरटेनमेन्ट को ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् । आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जानकारी दिने निर्माण पक्षले गरेको छ ।
लभ स्टोरी क्राइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ । अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्युजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ । निश्चलले लण्डन टु पेरिसबाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुद्रले निर्देशन गरेको ‘ गुन्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।