प्रसूति गृहबाट चोरिएको शिशु काँडाघारीमा फेला, महिला पक्राउ

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन १२ गते शनिवार

काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको २६ दिनको शिशु आठ घण्टापछि काँडाघारीमा फेला परेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई शुक्रबार बेलुकी काँडाघारीमा फेला पारेको जानकारी दियो।

बच्चा लग्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर उनको नाम सार्वजनिक गरेको छैन।शुक्रबार दिउँसो ती महिलाले एक छिन खेलाउने बहानामा शिशुलाई लिएर हिँडेकी थिइन्। उनले शुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार