कम्युप्टर साइन्स एशोसियसनको अध्यक्षमा रामरुद्री

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ११ गते शुक्रवार

दाङ : महेन्द्र बहुमुखी क्याम्पस घोराही कम्युप्टर साइन्स एशोसियसनको अध्यक्षमा सागर रामरुद्री निर्वाचित भएका छन । शुक्रबार सम्पन्न एशोसियसनको निर्वाचनबाट रामरुद्री निर्वाचित भएका हुन् ।  बिएस्सी सीएसआईटीविसीए सङ्कायमा अध्ययनरत विद्यार्थीमा विज्ञान तथा प्रविधिको सैद्धान्तिक र प्रयोगात्मक सीपको विकास गर्ने उद्देश्यले स्थापित एशोसियसनको कार्यकारी उपाध्यक्षमा सागर न्यौपाने, उपाध्यक्षमा शिरिष ढकाल र निर्देश तिवारी, सचिवमा सञ्जय केसी निर्वाचित भएका हुन । 

एशोसियसनको कोषाध्यक्षमा विशाल चौधरी, महासचिवमा दीपक कँवर, खेल संयोजकमा सञ्जय खड्का, सञ्चार संयोजकमा जगदिश पौडेल, कार्यक्रम संयोजकमा निशा मरासिनी, परियोजना संयोजकमा आयुश अधिकारी, जनसम्पर्क संयोजकमा जगदिश वली, मानव स्रोत व्यवस्थापन संयोजकमा हर्षिता पोख्रेल मनोनित भएका छन् । एशोसिएसनको संरक्षकमा क्याम्पस प्रमुख भरत न्यौपाने, सल्लाहकारमा उपप्राध्यापकहरु कर्णबहादुर पुनमगर, कृष्णदेव थापा, पुष्कर खड्का रहेका छन् ।  क्याम्पस प्रमुख भरत न्यौपानेको अध्यक्षतामा भएको एशोसिएसनको भेलामा उपप्राध्यापकहरु कृष्णदेव थापा, पुष्कर खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।। स्वतन्त्र विद्यार्थी युनियनका सदस्य दीपक वलीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सञ्चालन दीपक कँवरले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार