विद्यार्थीको निधनमा राप्ती बबई क्याम्पसमा शोक बिदा

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ९ गते बुधवार

दाङ :  राप्ती बबई क्याम्पस तुलसीपुरमा अध्ययनरत विद्यार्थीको निधनमा क्याम्पसले शोक बिदा दिएको छ । स्नातक तह व्यवस्थापन सङ्काय दोस्रो वर्षमा अध्ययनरत बालकृष्ण पुनको मोटरसाइकल दुर्घटनामा निधन भएपछि बिहीबार बिदा दिएको हो । क्याम्पसले बुधबार एक शोक विज्ञप्ति जारी गरेर पुनको निधनप्रति दुःख व्यक्त गरेको छ । दुखद घडिमा परिवारमा समवेदना प्रकट गर्दे फागुन १० गतेका दिन क्याम्पसमा शोक बिदा दिएको सूचनामा भनिएको छ ।

क्याम्पस प्रशासनका अनुसार उनले स्नातक तह व्यवस्थापन सङ्काय दोस्रो वर्षका लागि नियमित परीक्षा दिन फाराम समेत भरिसकेका थिए । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको २१ वर्षका पुनले चलाएको रा ५ प ५४५३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आँउदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअपसँग घोराही १६ सर्रा चोकमा बुधवार बिहान ठोकिदा पुन को मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार