तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने 

Author Logo..
अनलाइन राप्ती २०८० फाल्गुन ९ गते बुधवार

दाङ : दाङको तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला टेबल टेनिस संघको आयोजनामा यही फागुन १८ र १९ गते प्रतियोगिता सञ्चालन हुन लागेको संघका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ ले जानकारी दिए । प्रतियोगितामा नाम दर्ताका लागि प्रति विद्यालय दुई हजार तोकिएको छ,  भने यस प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

विद्यालय– विद्यालय बिचको मैत्रीपूर्ण तथा बालबालिकाको सर्वाङीण विकाससँगै विद्यालय स्तरमा टेबल टेनिसको पहुँच पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।  त्यस्तै प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका ६ इन्द्रनगरटोलस्थित टेबल टेनिस कर्भड हलमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष लहरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार