प्रथम विक्रम पुन स्मृति फूटबलको उपाधि बिएफएललाई

Author Logo..
अनलाइन राप्ती २०८० माघ २८ गते आइतवार

दाङ :  घोराहीमा भएको प्रथम बिक्रम पुन स्मृति फूटबल प्रतियोगिताको उपाधि आयोजक बिएफएल क्लबले जितेको छ । घोराहीको नवलपुर फूटबल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा सल्यान राइजिङ स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतिस्पर्धात्मक फाइनल खेलमा बराबरीमा पहिलो हाफ सकिएको थियो, भने दोस्रो हाफमा बिएफएल क्लवका  सुशील बानियाँ र  जमिर मियाँले समान १/ १ गोल गरेका थिए ।

त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सल्यान राइजिङ स्टार क्लबका सुमित मल्ल, उत्कृष्ट डिफेन्डर बिएफएल क्लबका उज्ज्वल चौधरी, उत्कृष्ट गोल किपर बिएफएल क्लबकै भीम पुन र उत्कृष्ट मिडफिल्डर बिएफएल क्लबकै प्रमोद बूढा मगर घोषणा भएका थिए ।

विजेता बिएफएल क्लबले नगद एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता सल्यान राइजिङ स्टार क्लबले नगद ५५ हजार पाँच सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । माघ १६ गतेबाट शुरु भएको प्रतियोगितामा रेफ्रीको भूमिकामा राष्ट्रिय रेफ्री अमर पुन मगर, एन्फा रेफ्री बिनोद बिक, शिवहरि शर्मा, खुम वली, कुसुम श्रेष्ठ, आदेश केसी, शरद भण्डारी र देवनारायण दाहाल रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार