हाम्रो देश बिग्रेको जनता झोले र अल्छी, सरकार बल्छी भएर रहेछ

Author Logo..
अनलाइन राप्ती २०८० असार ३ गते आइतवार

मेरो लागि विदेशको यात्रा पहिलो पटक थियो । म आफ्नो देश बाहेक कुनै पनि देशमा गएको थिएन । मेरो पहिलो   विदेशको यात्रा पनि युरोप भयो । यात्राका क्रममा मैले युरोपका विभिन्न देशहरूको भ्रमण तथा अवलोकन गर्न मौका पाए । एक दिन म घुमफिरको लागि  फ्रान्सको एनेमस सिटीमा ह्यान्डिक्राफ्ट समारोह अवलोकन पश्चात् फर्किने क्रममा नजिकैको पार्कमा त्यहाँका मेयरले भाषण गरिरहेको देखे । 

 तर,  त्यहाँ उनको  जम्मा ५ जना ब्यक्तिले सुनिरहेका थिए । मैले म सँगै रहेका फ्रान्सेली साथीलाई उसको भाषण सुनेर मलाई अङ्ग्रेजीमा अनुवाद गरेर भन्न अनुरोध गरे ? तर, साथीले  मलाई  यस्तो जवाफ दिए,  यस्ता जोकरको कुरा सुन्न हामीलाई फुर्सद छैन् । उनले यति भनेपछि मैले मन मनै सोचे आज यस्तै कार्यक्रम हाम्रो ठाउँमा भएको भए सयौँ कार्यकर्ताहरूको ताती हुन्थ्यो होला ? तर, यहाँका नागरिकहरूलाई भने कुनै वास्ता रहेन छ । मनमा यस्तै कुरा सोचिरहेको थिए ।

तर, साथीले  मलाई घरमा छोडेर आफू काममा जानु छ, भनेर भनेर भन्यो ।  मलाई भने  यहाँको राजनीतिक पद्धति को बारेमा जान्न बुझ्न मन थियो ।  उसलाई एक दिनको छुट्टी मिलाउन भने,  तर उसले मलाई  काममा जसरी नि जानु पर्छ, भन्यो ।  न त उसले उक्त भाषणमा चासो गर्यो ? न त अन्य व्यक्तिले नै चासो दिएका थिए ।  यहाँका नागरिकहरूले आफ्नो कामलाई यति प्राथमिकता दिँदारहेछन् ,  कि काम नगरेर खानु पाप हो, जस्तो  ? उनीहरूले हप्तामा ५  दिन अनिवार्य  काम गर्छन् । अनि छुट्टीको समयमा  व्यक्तिगत र घरायसी क्रियाकलापमा रमाइलो  गर्दछन् ।  

अझ हिमाल पहाड तिर हाइकिङ, ट्रेकिङमा जान्छन् । तर, हाम्रो नेपालमा नागरिकहरू भने काम भन्दा पनि राजनीतिलाई बढि चासो दिएको मलाई लाग्छ  ।  प्रत्येक व्यक्ति कुनै न कुनै पार्टीको कार्यकर्ताको रुपमा आवद्ध छन । कुनै एउटा नेता आयो भने गाडीका गाडी भाषण सुन्न पूर्व मेचीदेखि महाकाली सम्म कुँदिन्छौँ ।  चुनाब आयो भने,  चिसो रात र चर्को गर्मी नभनी नेताको झोले बनेर धुलो खाँदै उडाउँदै नारा जुलुसमा होमिन्छौँ ।  तर, एक दुई वटा बाख्रा पालेर थोरै आम्दानी गर्न फुर्सद हामीमा छैन् ।  हो हामी त्यही  नीर चुक्यौँ जस्ताले  मलाई लाग्छ  ।

 हामीलाई चोक चौतारोमा गएर खुब राजनीतिक गफ  गर्न आउँछ ।  हामी बेरोजगारी भयौँ, भनेर  फुर्सदिला हुन्छौँ ।  दिनरात टाइम पास भन्दै जुवा तास खेल्छौँ ।  तर, हामी आयस्रोत हुने कर्म गर्न पटक्कै मन दिदैनौँ  ।  हामीले लुटेर भ्रष्टाचार गरेर महल बनाउनेलाई जय जयकार गरियो  तर,  दुख गर्ने पसिना बगाएर काम गर्नेलाई तल्लो स्तरबाट हरियो ।  हो, हामी त्यहाँ  नीर अझ चुक्यौँ ।  युरोपेलीहरू जीवनको  ६०– ६५ वर्ष सम्म दिनमा ८  घण्टा  खटेर काम गर्दो रहेछन्, अनि आफूले तिरेको करको आधारमा बुढेसकालमा भत्ता खाएर बस्दो रहेछन् । हामी धेरै जसो  नेपालीलाई काम र करको बारेमा थाहा छैन  ।  तिरे पनि त्यो अनुसारको सुविधा छैन । ओहो । हाम्रो देश बिग्रेको जनता झोले र अल्छी, अनि सरकार बल्छी भएर पो रहेछ ।

खड्का हाल :  पोर्चुगलमा छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार