दाङमा एक जनाको हत्या

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १५ गते बुधवार


दाङ : दाङमा एक जनाको हत्या भएको छ । बंगलाचुली गाउँपालिकाको २ मर्पेस निवासी ३५ वर्षीय रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिए । हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ । हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र ३६ वर्षीया श्रीमती चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।

मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । घटना मंगलबार साँझ करिब ७ बजेतिर भएको हो । मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबि विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको शबसलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार