आगोमा जलेको साढे २ महिना हुँदा पनि आर्थिक अभावका कारण घरमा थला पर्न बाध्य

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १४ गते मङ्गलवार

दाङ :   राजपुर गाउँपालिका ७ भौवा नाका बस्ने ४० वर्षीया विमला पुन आगोमा जलेको साढे २ महिना महिना हुँदा पनि आर्थिक अभावका कारण घरमै थला परेकी छन् । गत पुस २९ गते  घरमा आगो ताप्ने क्रममा शरीरमा आग लागि  भएको उनको आफन्ती भरत घर्तीले बताए ।  उनका अनुसार आगोबाट दुबै खुट्टा र हात पनि  जलेको छ । घरमा कोही नहुँदा  आगो ताप्ने क्रममा उनी जलेको पनि उनको भनाइ छ । उनले भने,‘ उहाँलाई ज्वरो आएको रहेछ । त्यसैले आगो बालेर ताप्ने क्रममा जल्नु भएछ । आगो तापिरहेको बेलामा बेहोस हुनु भएछ । घरमा अरु कोही रहेनछन् । मैले पनि केही दिन अगाडिमा थाहा पाएको हुँ ।’

यस्तै आफूले थाहा पाएपछि मंगलबार मात्र उपचारको लागि तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा ल्याएको भएयता पनि यहाँ उपचार सम्भव नभएको बताए ।   उनले भने,‘ अस्पतालमा उपचार गर्न ल्याएका थियौँ । तर, यहाँ उपचार सम्भव नभएपछि बाहिर लैजानु अस्पतालले भन्यो । अब बाहिर उपचार गर्न लैजानको लागि पैसा पनि छैन् । निजी मेडिकलबाट दुखाई कम हुने औषधि ल्याएर मेरो घरमा ल्याएको छु ।’ उनका अनुसार विमलाको ८ महिनाकी छोरी रहेकी छन् । उनको श्रीमान भएयता पनि भारतमा गएको बेला सवारी दुर्घटनामा परि घाईते भएपछि मानसिक अवस्था ठिक नभएको पनि उनले बताए ।

उनले भने,‘ भौवा नाका एक त विकट ठाउँ  छ । त्यसमा पनि घरमा अरु कोही नहुँदा महिना देखिनसम्म उपचार विना घरमै बस्नु पर्ने बाध्यता भयो । गाउँका युवाहरू पनि कमाउन भारततिर गएका रहेछन् । यातायात सेवा नहुँदा साइकलबाट मुस्किलले ल्याइयो । । हामी जस्ता गरिबदुःखी समय मै उपचार नपाएर मर्नु पर्ने अवस्था रहेको छ । देशका ठूला नेताहरूलाई राज्यले लाखौँ उपचारको लागि खर्च गर्छ । तर, हामी जस्ता गरिबदुःखी उपचार नपाएर यसरी बाच्न बाध्य भएका छौँ ।  यस्तै उनले विमलाको उपचारको लागि सहयोगको याचना समेत गरेको छन् । उनले बच्चा पनि सानो हुँदा र उपचार गर्न बाहिर लैजानु पर्ने भएकाले पनि हेर्नको लागि अरु पनि जानु पर्ने भएकाले खर्च धेरै हुने भएकाले पैसा नहुँदा समस्या भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार