बंगलाचुली गाउँपालिकामा एक महिने ठेकी बनाउने तालिम

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १४ गते मङ्गलवार


दाङ :  परम्परा तथा महत्व बोकेका काठका ठेकीहरू हराउँदै गएको अवस्थामा बंगलाचुली गाउँपालिकाले एक महिने ३० बनाउने तालिम सञ्चालन गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा बंगलाचुली गाउँपालिकाको सहयोगमा सोमबार तालिमको सुरु गरिएको हो । काष्ठजन्य भाडाकुँडा ठेकी तथा आरी जन्य सामग्री निर्माण सम्बन्धी ३० दिने तालिमको गाउँपालिकाको वडा नंं ३ मूला बारीमा सुरु भएको हो । ठेकीलाई गाउँपालिकाको चिनोको रुपमा विस्तार गर्नका लागि पहल गरिने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बताए ।

उनले ठेकी निर्माणका लागि विद्युतीय प्रविधिको विकाससँगै यसको व्यवसायिकतामा जोड दिने समेत बताए । उनले ठेकीको व्यवसायिकताका लागि गुणात्मक विकास गर्दै बजारमा गाउँपालिकाको चिनोको रुपमा विस्तार गरिने पनि उल्लेख गरे । ठेकीको परम्परागत महत्व रहेको बताउँदै यसको व्यवसायिक विकास गर्नुपर्नेमा जोड दिनुपर्ने गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीले बताए । अहिले पनि गाउँघरमा विवाहका समयमा ठेकीमा दही बोकेर जाने परम्पराको रहेको भन्दै उनले ठेकीको सामाजिक महत्व रहेको पनि उल्लेख गरे । तालिमको प्रशिक्षकमा गुमान सिंह विश्वकर्मा रहेका छन्, भने तालिममा १६ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार