लुम्बिनीमा दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम, रिपोर्टले चिन्तित तुल्याएको छ : मुख्यमन्त्री गिरी

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १४ गते मङ्गलवार

दाङ :  लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धि र भावी कार्यक्रमको समीक्षा गरिने उनको भनाइ छ । ३ दिनसम्म सञ्चालन समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षमा मन्त्रालयहरूले हालसम्म गरेका उपलब्धि समीक्षा गर्नुका साथै आगामी दिनमा सरकारका कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा यो समीक्षा कार्यक्रमले टुंगो लगाउने समेत उनले बताए ।

यस्तै कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लिला गिरीले योजना कार्यान्वयनमा केन्द्रित हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिए । उनले प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेको बताउँदै अबको सम्पूर्ण ध्यान योजना कार्यान्वयनमा केन्द्रित हुनु पर्नेमा जोड दिए । उनले भने,‘ सरकारले हालसम्म हासिल गरेको लक्ष्य चिन्ताजनक छ । यसलाई सुधार गर्नतर्फ मन्त्री ज्यूहरू, सचिव ज्यूहरू लाग्नुहोस् । जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ ।’ उनले परिणाम निस्कने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै कुनै समय लुम्बिनी प्रदेश मुलुककै शतप्रतिशत उपलब्धि हासिल गर्ने प्रदेशका रुपमा चिनिएको भएयता पनि आजको रिपोर्टले आफूलाई चिन्तित तुल्याएको पनि बताए ।

यस्तै उनले विगतको पहिचान पुनः फर्काउने गरी काम समेत निर्देशन दिए । कार्यक्रममा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए । चालु आर्थिक वर्षमा ५ अर्ब ३९ करोड १२ लाख ५७ हजारको बजेट विनियोजन गरेको भन्दै सचिव अन्सारीले १ अर्ब ८९ करोड ५४ लाख ११ हजार रुपैयाँ खर्च भएको बताए । उनका अनुसार मन्त्रालयले हालसम्म ३५.१६ प्रतिशत खर्च गरेको छ । त्यस्तै आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले हालसम्म २४.६८ प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयका सचिव लालबाबु कवारीले ६८ करोड १६ लाख ६४ हजार बजेट विनियोजन गरेकोमा हालसम्म १६ करोड ८२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट मात्रै खर्च गरेको जानकारी दिए । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मन्त्रालयले ३५.४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा मन्त्रालयले २ अर्ब ८१ करोड ५२ लाख ५४ हजार रुपैयाँको बजेट विनियोजन गरेको भन्दै सचिव पन्थले हालसम्म ९९ करोड ८८ लाख ७३ हजार रुपैयाँ मात्रै खर्च भएको जानकारी दिए । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले मन्त्रालयले २७.७० प्रतिशत बजेट खर्च गरेको जानकारी दिए । चालु आर्थिक वर्षमा मन्त्रालयले १२ अर्ब ८० करोड ९५ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको भन्दै सचिव श्रेष्ठले हालसम्म ३ अर्ब ५४ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट मात्र खर्च भएको उनको भनाइ छ । य

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार