नवलपरासीमा बेवारिसे बम फेला

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १३ गते सोमवार

नवलपरासी : पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ। बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो। बारीमा बेवारिसे अवस्थामा थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेका सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताए।

भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन्। साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने र खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो उनले बताए। जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले यसबारे जानकारी पाए अनुसार दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भइनसकेको बताए।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार