पछिल्लो समय लागूऔषध दुर्व्यसनीको अवस्था  विकराल : प्रजिअ वैद्य

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १२ गते आइतवार

दाङ : दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पछिल्लो समय लागूऔषध दुर्व्यसनीको अवस्था  विकराल रहेको बताए । आइतबार समाज कल्याण दाङको आयोजना तथा नयाँ पाइला पुनर्स्थापना केन्द्रको सहयोग एवं राप्ती इन्जिनियरिङ कलेज घोराहीको व्यवस्थापनमा  भएको कार्यक्रम बोल्दै उनले  लागूपदार्थ सेवन कर्ताले समाजमा समस्या बढाएको बताए । उनले  पछिल्लो समय लागूऔषधको जोखिम बढेको भन्दै यसको न्यूनीकरण गर्नका लागि सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिर बहादुर ओलीले स्थानीय तहले वडा–वडा पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।

उनले  प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताए ।  कार्यक्रममा घोराही कारागारका प्रमुख लक्ष्मण सिङ राठौरले लागूऔषधले समाजमा अपराधसँगै चोरीका घटना बढेको बताए ।  तीन वर्ष अघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४२४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताए  । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको उनको भनाइ छ । राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताएका छन् ।

विशेष गरि विद्यार्थी युवाहरू कुलतमा फसेको भन्दै  यिनीहरूको  निगरानीमा सबैले चासो दिनुपर्ने बताएका छन् । यस्तै मनोपरामर्शदाता शैलेश शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ वर्षदेखि २० वर्षको उमेर समुहका रहेको बताए । सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनी चाख्ने बानीले बिस्तारै दुर्व्यसनी फसेको बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै लागूऔषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ । त्यसपछि ट्याब्लेट, अफिमबाट बनेका ब्राउनसुगर, हिरोइन, सुँघ्ने औषधि, कडा खालका औषधि रहेका छन् ।  अहिले दाङमा १७ वटा भन्दा धेरै सुधार केन्द्र रहेको भन्दै धेरै जो कोही पनि मानिसले साथीको दबाबमा कुलतको बाटो रोजेको  बताए । कार्यक्रममा नयाँ पाइला पुनर्स्थापना केन्द्रका सल्लाहकार सुष्मा गिरीले लागू पदार्थ सेवनले सामाजिक, मानसिक, मनोवैज्ञानिक, आर्थिक रुपमा नकारात्मक असर पार्ने बताइन् । 

लागूऔषध दुर्व्यसनीले समाजमा महिला हिंसा फैलाएको उनको भनाइ छ । सम्बन्ध बिच्छेदका घटना बढेको बताइन् ।  लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिंङ्गो राज्य लाग्नुपर्ने बताइन् । नार्कोनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएको बताइन् ।  उनले लागूऔषध नियन्त्रणका लागि सबै सचेत  हुनुपर्ने बताइन् । जुनसुकै लागूपदार्थले मानिसमा असर गर्ने मात्र नभएर समाजमै विकृति फैलिएको बताइन् । 

 घोराही उपमहानगरपालिका  १६ का वडाध्यक्ष ताराबहादुर डागीले यस्ता कार्यक्रमले समाजमा हुने गतल काममा खबरदारी गर्ने बताए । उनले  आगामी दिनमा वडाले टोलटोलमा सचेतना मुलक कार्यक्रम गर्ने र एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाए ।  लागू पदार्थ दुर्व्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले गाउँ समाजमा सबैभन्दा समस्याको बिषय  लागूऔषध दुर्व्यसनी रहेको बताएका छन् ।  समाज कल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बैद्यको प्रमुख आतिथ्यता एवं  जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । समाज कल्यानका दाङका उपाध्यक्ष निरजा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव जानका केसीले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार