लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी पेस

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १२ गते आइतवार

दाङ :   लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली  बहादुर चौधरीलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दावी पेश भएको छ ।  प्रदेश प्रमुख समक्ष चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै गठबन्धनमा आवद्ध दलका ५३ सांसदहरूको हस्ताक्षर सहित दावी पेश गरिएको हो । यो संख्या प्रदेशको बहुमत सांसद संख्या हो । यो प्रदेशमा कुल सांसद संख्या ८७ हो । बहुमत सांसदहरुले हस्ताक्षर सहित नयाँ मुख्यमन्त्री नियुक्तिको माग गरेका गठबन्धनमा आवद्ध दलहरूले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष माग समेत गरेका छन् ।

यो धारा अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने व्यवस्था उल्लेख छ । यसअघि पनि यो प्रदेशका दोस्रो मुख्यमन्त्री चयन हुँदा यसै धारा अन्तर्गत सरकार गठन भएको थियो ।संविधानको धारा १६८ (२) अन्तर्गत नै सरकार गठन गरिनु पर्ने माग राखिएको छ । उनका अनुसार यसअघि  मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाई माओवादीका कुल प्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्दा पनि १६८ (२ ) अन्तर्गत नै गरिएको थियो । फलतः अहिले पनि यसै धारा अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनु पर्ने भन्दै गठबन्धनमा आवद्ध दलहरूले प्रदेश प्रमुख अमिक शेरचन समक्ष अनुरोध गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार