भोलि गठबन्धन दलमा मन्त्रालय भागबण्डाको प्रस्ताव पेश गर्ने तयारी

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ११ गते शनिवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि गठबन्धन दलमा मन्त्रालय भागबण्डाको प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले कांग्रेससँगको पुरानो गठबन्धन बिउँताएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। नेकपा माओवादी केन्द्रको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले भोलि मन्त्रालय भागबण्डाको प्रस्ताव पेश गर्ने जानकारी दिएका हुन्।

प्रचण्डले आफ्नो प्रस्तावमा गठबन्धन सहमत हुने र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए। दशदलीय गठबन्धनका शीर्ष नेताहरूले नै प्रचण्डलाई छुट्टाछुट्टै भेटेर प्रस्ताव गर्न भनेकाले केही दिन लम्बिएको पौडेलले बताए। बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलगायतलाई छिटो पारित गर्ने र अन्य कानुन पनि बनाउने बारेमा छलफल भएको उनले बताए। यसैगरी सरकार र पार्टीलाई जोडेर लैजाने विषयमा कुरा भएको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार