न्यु सीपीसीको अध्यक्षमा लामिछाने चयन

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ११ गते शनिवार

 दाङ :  नवजागरण महिला तथा बाल संरक्षण केन्द्र ( न्यु सीपीसी ) को अध्यक्षमा नवराज लामिछाने चयन भएका छन् । शनिबार बसेको केन्द्रको २८ औँ  वार्षिक साधार सभाले लामिछानेले सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा विजय केसी, महासचिवमा नानीमैया वली,  कोषाध्यक्षमा सुशील  धिताल, सहसचिवमा नारायण प्रसाद रेग्मी, वैधानिक परामर्शदातामा प्रदिप धिताल चयन भएको हुन् ।  यस्तै सदस्यहरूमा तुफान बाबु श्रेष्ठ, शारदा चौधरी, शान्ति बिक, लहर आचार्य र प्रमिला तिवारी चयन भएका हुन् । यस्तै संस्थाको संस्थापन  समितिको अध्यक्षमा ३ जना निर्वाचित भएका छन् ।

संस्थाको विधानको दफा १९ ले व्यवस्था गरे अनुसार  गणेश प्रेम श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय संस्थापक समिति निर्वाचित गरिएको थियो । जसको सदस्यमा कुमार शाह र नेत्रमणि लामिछाने रहेका छन् ।  यस्तै संस्थाको बारेमा नवनिर्वाचित अध्यक्षले संस्थाको बारेमा प्रकाश पारेका थिए । विगत २८ वर्षदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको भन्दै बाल श्रम तथा बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ । यस्तै अब बालबालिकामा हुने कुपोषणका क्षेत्रमा काम गर्ने समेत बताए ।

यस्तै संस्थाको स्थापनाकालदेखि संस्थाबाट सेवा प्राप्त गरेकी शान्ति बिक अहिले संस्थाको सदस्यमा निर्वाचित भएकी छन् । उनले कार्यक्रममा बोल्दै आफूलाई हुर्काएको संस्थामा आज यसरी सदस्य हुन पाउँदा धेरै खुशी लागेको भन्दै अब आफूले आफू जस्तै महिला तथा बालबालिकाहरूको लागि काम गर्ने समेत बताइन् ।   कार्यक्रममा संस्थाका आजीवन सदस्य गणेश प्रेम श्रेष्ठ र सल्लाहकार बलदेव शर्माले मन्तव्य राखेका थिए ।

संस्थाकी निवर्तमान अध्यक्ष  निशा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा  संस्थाको वार्षिक प्रतिवेदन महासचिव नानीमैयाँ वलीले प्रस्तुत गरेकी थिइन्, भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सुशील  धितालले प्रस्तुत गरेका थिए ।  संस्थाका उपाध्यक्ष विजय केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहजीकरण संस्थाका महासचिव वलीले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार