नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १० गते शुक्रवार

काठमाडौं : नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो। नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ।  नेपालमा पुरूष भन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ।

वि.स २०६८ मा २ करोड ६४ लाख ९४ हजार ४ सय ८१ जनसंख्या रहेको थियो। यो हिसाबले १० वर्षमा करिब २७ लाख जनसंख्या थपिएको छ। यस पटक वागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । प्रधानमन्त्री दाहालले नै नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।  त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ। नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार