जनगणनाको पूर्ण विवरण आज सार्वजनिक हुँदै

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १० गते शुक्रवार

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने राष्ट्रिय तथ्याङ्क कार्यालयले  जनाएको छ ।  २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।

कार्यालयले पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरेको जनाएको छ।  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो। २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार