दाङमा लागू औषध ब्राउन सुगरसहित ५ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ८ गते बुधवार


दाङ :  दाङमा प्रहरी लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने  १९ वर्षीय त्रिशक्ति बर्तौला,  गढवा गाउँपालिका ४ का ३५  वर्षीय सद्दाम मनिहार, सोही ठाउँका २४ वर्षीय अनिल पहाडी, २७ वर्षीय प्रदिप चौधरी र २५ वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

गढवा गाउँपालिका ४ दुखीराम चौधरीको खाली घरमा उनीहरूले लागू औषध सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इप्रका गढवाबाट गएको प्रहरी टोलीले बुधबार बिहान करिब साढे ८ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।  उनका अनुसार उनीहरूको साथबाट १० ग्राम ब्राउन सुगर बरामद भएको र पक्राउ परेकामाथि म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार