दाङको महेन्द्र बहुमुखीमा स्ववियु निर्वाचन शुरु

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ८ गते बुधवार


दाङ :  पश्चिम नेपालकै पुरानो, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस दाङको महेन्द्र बहुमुखी क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको शुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ४ बजेसम्म हुने निर्वाचन अधिकृत कुलवीर चौधरीले बताए । लुम्बिनी प्रदेशको धेरै मतदाता हुने मध्ये यो क्याम्पस पनि पर्छ । यहाँ सात वटा विद्यार्थी संगठन चुनावी प्रतिस्पर्धामा रहेका छन् । भने ५ हजार ९२० जना मतदाता रहेका छन् ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बीच मुख्य प्रतिस्पर्धा हुने देखिइएको छ ।

नेविसंघ एकल निर्वाचनमा होमिएको छ, भने माओवादी निकट अखिल क्रान्तीकारीलाई एमाले निकट अनेरास्ववियुले सघाएको छ । चैत्र ५ गते तोकिएको निर्वाचनको मिति विद्यार्थी संगठन बीच विवाद भएपछि निर्वाचन भएको थिएन । यस्तै तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको जनाइएको छ ।

आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेको थियो । तर, मतदान चलिरहेकै वेला दिउँसो एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो । दिउँसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो । निर्देशिका अनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनु पर्ने हुन्छ ।

सोहीअनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ । दिउँसो सम्म ५३३ मत खसेको थियो । अब त्यो सबै मत बदर गरिने छ । क्याम्पसमा २ हजार ४३३ मतदाता छन् । यसैबीच विभिन्न विवादका कारण निर्वाचन स्थगित भएपछि निर्वाचन अधिकृत टेकन कँडेलले राजिनामा दिएका छन् । यस क्याम्पसमा विवाद भएपछि चैत्र ५ गते तोकिएको निर्वाचनको मिति निर्वाचन भएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार