अयोग्य लडाकुलाई राहत : आजदेखि प्रक्रिया सुरु

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ८ गते बुधवार

काठमाडौं : सरकारले अयोग्य लडाकुको राहतका लागि बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।  हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ प्रक्रिया सुरु गर्न लागिएको हो।

सरकारले प्रमाणीकरण भएका अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ राहत दिने तयारी गरेको छ। गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले मन्त्रालयले आजदेखि कार्यविधि बनाएर त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुने जानकारी दिए । उनका अनुसार सकेसम्म चालू आर्थिक वर्षदेखि नै राहत वितरण सुरु गर्ने तयारी छ ।

राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले बताए। संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका मन्त्रालयले जनाएको छ। यो तथ्यांकका आधारमा कूल ८० करोड बढी रकम वितरण हुनेछ । यसअघि २०७३ सालमा उनीहरुलाई दुई लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार