राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचन पुनः स्थगित 

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ७ गते मङ्गलवार


दाङ :  दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ । अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको जनाइएको छ । आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेको थियो । तर, मतदान चलिरहेकै वेला दिउँसो एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो ।

दिउँसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो । निर्देशिका अनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनु पर्ने हुन्छ । सोहीअनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ । दिउँसो सम्म ५३३ मत खसेको थियो । अब त्यो सबै मत बदर गरिने छ । क्याम्पसमा २ हजार ४३३ मतदाता छन् ।  यसैबीच  विभिन्न विवादका कारण  निर्वाचन स्थगित भएपछि निर्वाचन अधिकृत टेकन कँडेलले राजिनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार