सञ्चार मन्त्री शर्मा भारत भ्रमणमा 

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ७ गते मङ्गलवार


काठमाडौँ :  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा विभिन्न कार्यक्रममा भाग लिन मंगलबार भारत प्रस्थान  गरेकी छन् ।  मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेकी हुन् ।
मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ( आईटीयू ) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको  आईटीयूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ ।  सो कार्यक्रममा विभिन्न देशका सन्चारमन्त्रीहरू सहभागी हुने छन् । 

 त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्रीहरू सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुने छिन् ।  बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुईपक्षीय भेटवार्ता गर्ने  र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने छिन् ।

मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार