मावि सिमसुन्दरपुरमा भएको घटनाप्रति ३ राजनीतिक दलद्वारा घोर भर्त्सना

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ६ गते सोमवार

दाङ :   शान्तिनगर गाउँपालिका  २ स्थित जनकल्याण मावि सिमसुन्दरपुरको विद्यालय व्यवस्थापन समिति विषयमा भएको घटनाप्रति नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एसले घोर भर्त्सना गरेका छन् ।  ३ दलले सोमबार संयुक्त रुपमा एक विज्ञप्ति निकालेर विद्यालय व्यवस्थापन समितिको विषयमा बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र नेकपा एस दलहरू मध्य एमालेले चुनावमा जाने र अरु दलले सहमतिमा जाने कुरा नमिलेपछि विद्यालयका प्रअ निम बहादुर केसीले दलहरू सहमत नभइ चुनावमा गएमा असहज हुने भन्ने कुरा राखेपछि वडाध्यक्ष सुनिल ओलीले पदीय मर्यादा विपरित विद्यालयका प्रअ लगायत शिक्षकहरूलाई लक्षित गरेर गुण्डागर्दी शैलीमा बेन्च र कुर्सी उठाएर प्रहार गर्ने, गाली गलौज गर्ने जस्तो निन्दनीय कार्य गरेकोमा ३ पार्टीले विज्ञप्ति निकालेर घोर भर्त्सना गरेका छन् । 

माओवादी केन्द्रका वडा नं. २ का पार्टी अध्यक्ष मान बहादुर खड्का, नेकपा एसका पार्टीका वडा नं. २ का पार्टी अध्यक्ष खम्बु जैसी र नेपाली कांग्रेसका इकाई सचिव नर बहादुर खड्काले विज्ञप्ति निकालेर वडाध्यक्षले ऐन कानुन विपरित कार्य गरेको भन्दै त्यस कार्यको घोर भर्त्सना गर्दै आउँदा दिनमा यस्ता काय भएमा प्रतिवादमा उत्रिने समेत उल्लेख गरेका छन् ।  शनिबार पनि सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेनविब्यस गठनका सन्दर्भमा शनिबार अपरान्ह ४ बजेतिर मुठभेटको स्थिति पनि बनेको थियो । वडाध्यक्ष सुनिल वली र प्रधानाध्यापक निमबहादुर केसीबीच चर्काचर्की समेत परेको थियो । विवाद पछि भएको छलफलले चैत १३ गते निर्वाचन गर्ने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार