निरूता ,जेनिसा र निश्चल वर्ष उत्कृष्ट विद्यार्थी 

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ६ गते सोमवार

दाङ :  नेशनल प्याब्सन दाङले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष उत्कृष्ट विद्यार्थी २०७९ को छात्रा तर्फ निरूता सुनार र जेनिसा सुवेदी छात्र तर्फ निश्चल पाण्डे जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।  दुवै जना छात्राले एक सय पुर्णाङ्कमा ७३. ५ अङ्क प्राप्त गरेका थिए ।  छात्र तर्फ प्रथम स्थान हासिल गर्नेमा अमृत विद्या मन्दिरका निश्चल पाण्डे रहेका छन् । 

तुलसीपुरको राप्ती बाल एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा सुनार र ज्ञान ज्योति माविकी जेनिसा सुवेदी पनि उत्कृष्ट छात्राको रुपमा छनौट भएको जिल्ला अध्यक्ष विमल गौतमले जानकारी दिए ।  त्यसैगरी द्वितीय हुनेमा पिपुल्स ल्यान्ड एकेडेमीकी बालिका वली रहेकी छन् ।  

त्यस्तै तृतीय हुनेमा मिडवेस्ट प्वाइन्ट एकेडेमीकी अनिमा बुढाथोकी रहेकी छन् ।  चौथो स्थान प्राप्त गर्नेमा जनप्रिय इङ्लिस स्कुलकी रोजिना चौधरी र पाचौँ स्थानमा पि एण्ड के पाठशालाकी दिपा भण्डारी छनौट भएको अध्यक्ष गौतमले जानकारी दिए । छात्र तर्फ प्रथम स्थान हासिल गर्नेमा निश्चल पाण्डे, द्वितीय हुनेमा ज्ञान ज्योति माविका दिपेन्द्र डिसी र तृतीय स्थान हासिल गर्नेमा लोकप्रिय विद्या मन्दिरका किरण रावत रहेका छन् । 

त्यस्तै चौथो हुनेमा पि एण्ड के पाठशालाका हिमाल आचार्य र पाचौँ हुनेमा पुरन्धारा स्थित एभरेष्ट एकेडेमीका रोशन केसी र अमृत एकेडेमीका सागर बस्नेत रहेको जिल्ला सचिव ठाकुर प्रसाद डाँगीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार