लुम्बिनी प्रदेशको भोलि बस्ने बैठक स्थगित

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ६ गते सोमवार


दाङ :  लुम्बिनी प्रदेश सभाको चैत ७ गते मंगलबार बस्ने बैठक स्थगित भएको छ ।   सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको सातौँ बैठक बस्ने तय भएको भएको थियो ।   सोमबार प्रदेश सभाले सूचना जारी गर्दै पूर्व निर्धारित पहिलो अधिवेशनको सातौँ बैठक अर्को सूचना प्रकाशित नभएसम्मको लागि विशेष कारणवश स्थगित भएको जनाएको छ ।  यसअघि प्रदेश सभाको छैटौँ  बैठक गत फागुन १७ गते बसेको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार