आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षा

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ६ गते सोमवार

काठमाडौं : देशभर अहिले आंशिकदेखि सामान्य बदली भइ बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा स्थानहरूमा मेघगर्जन–चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षा हुनेछ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। भोलि पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार