विद्यापीठमा अनेरास्ववियुका बन्जाडे र जनता बहुमुखीमा नेकपा एस निकट अनेरास्ववियुका यादव विजयी

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ५ गते आइतवार


दाङ :  नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको आयुर्वेद केन्द्रीय विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी स्ववियु सभापतिमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट उम्मेदवार बनेका अजय प्रताप चोबेले ६१ मत प्राप्त गरेका थिए । त्यस्तै नेविसङ्घका वसन्त अधिकारीले ४५ मत प्राप्त गरेका थिए ।

आयुर्वेद स्नातक तह ( विएएमएस ) पढाई हुने आयुर्वेद केन्द्रीय विद्यापीठमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको हो । विद्यापीठमा नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बीच चुनावी मोर्चा भएको थियो । प्रत्यक्षतर्फको निर्वाचनमा सचिवमा अखिल क्रान्तिकारीका गणेश पौडेलले विजयी भएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुका कुन्दन कुमार जैसवाल विजयी भएका छन् । सदस्यहरूमा अनेरास्ववियुबाट अपेक्षा पोख्रेल ,अनेरास्ववियु क्रान्तिकारीबाट रोशन चौधरी र मङ्गल थारू विजयी भएका छन् । त्यस्तै नेविसंघबाट सदस्यमा टेकेन्द्र बहादुर थापा विजयी भएका छन् । कूल १९७ मत रहेको क्याम्पसमा १८९ मत खसेको थियो । संस्कृत विश्वविद्यालय अन्तर्गत जिल्लामा रहेका ३ वटा क्याम्पसमध्ये आयुर्वेद केन्द्रीय विद्यापीठमा मात्रै निर्वाचन भएको हो । विश्वविद्यालय विद्यापीठ बेलझुण्डी र जनता विद्यापीठ बिजौरीमा नेविसङ्घले विभिन्न माग राख्दै तालाबन्दी गरेको छ ।

यस्तै गढवामा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा ( एकीकृत समाजवादी ) निकट अनेरास्ववियुका इवराज यादव सभापतिमा बिजयी भएका छन् । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको ११३ मतमध्ये ६३ मत प्राप्त गरेर यादव बिजयी भएका छन् । स्ववियु सभापतिमा अखिल ( क्रान्तिकारी ) का गोविन्द प्रसाद यादव ४१ मत र अखिल ( क्रान्तिकारी ) वैद्यकी विशाल यादवले ४ मत प्राप्त गरेर पराजित भएका हुन् ।

dav

सचिवमा समाजवादी निकट अनेरास्ववियुकै पुष्पा खड्का ७० मत प्राप्त गरेर बिजयी भएको निर्वाचन अधिकृत ठाकुर खनालले दिए । सचिवमा अखिल छैटौँका पुष्पा धिताल ३८ मत प्राप्त गरेर पराजित भए । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका ओमप्रकाश यादव बिजयी छन्, भने नेविसङ्घका सुदीप बुढाथोकी पराजित भए । बिजयी यादवले ७९ मत प्राप्त गर्दा पराजित बुढाथोकीले ३१ मत मात्रै प्राप्त गरे । सदस्यमा नेविसङ्घबाट टिका चौधरी, यमुना सुवेदी र अखिल छैटौँबाट मनिषा उपाध्याय बिजयी भएकी छन् । क्याम्पसमा १७९ मतदाता रहेकोमा ११३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार