राप्ती बबईमा स्ववियु निर्वाचन चैत ७ गते हुने

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ५ गते आइतवार


दाङ :  राप्ती बबई क्याम्पस तुलसीपुरमा स्ववियु निर्वाचन चैत ७ गते हुने भएको छ । चैत ४ गते शनिवार क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघ र क्याम्पस प्रशासनमा अनेरास्ववियुले ताला लगाएपछि चैत ५ गते हुने स्ववियु निर्वाचन स्थगित भएको थियो । आइतबार क्याम्पस प्रशासन, विद्यार्थी सङ्गठनका प्रतिनिधि, क्याम्पस व्यवस्थापन समित तथा राजनीतिक दलका प्रतिनिधिहरू बिच भएको छलफलमा सहमति जुटेपछि चैत ७ गते चुनाव गर्ने निर्णय भएको निर्वाचन अधिकृत टेकन प्रसाद कँडेलले जानकारी दिए । छलफलमा भएको सहमति अनुसार चैत ६ गते साँझ ४ बजेसम्म परिचयपत्र बनाउनु पर्ने विद्यार्थीका लागी समय तोकिएको छ ।

चैत ७ गते बिहान ८ बजेदेखि शुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र सहित नेपाल सरकारबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र, मतदाता परिचयपत्र, राहदानी तथा कक्षा १२ उत्रिर्ण हुँदाको प्रवेशपत्र अथवा ट्रान्सक्रिप्ट मध्य कुनै एक कागजात अनिवार्य साथमा ल्याउनु पर्ने निर्वाचन अधिकृत कँडेलले जानकारी दिए । मतपत्रमा संगठनको नाम लेख्न पाउनुपर्ने माग राखेर नेवि संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो भने नाम लेख्न नहुने भन्दै अनेरास्ववियुले क्याम्पस प्रशासनमा शनिवार तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार