मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती र छोरी गम्भिर घाइते

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ५ गते आइतवार


दाङ : दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ, भने श्रीमती र छोरी गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा प्यूठान नौ बहिनी गाउँपालिका ६ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय राजन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा बेलुका करिब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी केसीकी २६ वर्षीया श्रीमती सन्ध्या केसी र उनकी २ वर्षीया छोरी राष्ट्रियता केसी गम्भिर घाइते भएका छन् । आमाको दायाँ खुट्टा र टाउकोमा चोट लागेको छ, भने छोरीलाई भित्री चोट लागेको कारण दुबै जनाको अवस्था गम्भिर रहेको प्रवक्ता गौतमको भनाइ छ । आइतबार बेलुका करिब ६ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित घोराही देखि लमही तर्फ जाँदै गरेको प्रदेश ०३–००१ क.०१६९ नम्बरको मिटी ट्रकले विपरित दिशातर्फ गइरहेको बाग्मती प्रदेश ०२–०१६ प. ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार