सत्ता साझेदार १० दल एकमतका साथ प्रस्तुत हुने

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ४ गते शनिवार

काठमाडौँ :  सत्ता साझेदार १० दलका शीर्ष नेतृत्वको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा  आइतवार संसद्‌मा प्रस्तुत गर्ने विधेयक र पर्सि सोमवार संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आइतबारको संसद्‌मा बेपत्ता छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत हुँदै छन्। उपराष्ट्रपति निर्वाचन सकिएसँगै प्रधानमन्त्री प्रचण्डले साझेदार दलका शीर्ष नेताहरूसँग छलफल गर्न बैठक बोलाएका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार