मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासङ्घको टिम बिजयी

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र ४ गते शनिवार

दाङ :  नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग वाणिज्य संघ बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ दाङको टीम विजयी भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको १८ औँ साधारणसभा तथा ५३ औ स्थापना दिवसको अवसरमा आयोजित व्यवसायीहरू बीच  भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा शून्यका विरुद्ध दुई गोल गर्दै पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको हो । खेलकुदका माध्यमबाट पत्रकार र उद्योगी व्यवसायी बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जानकारी दिए ।

त्यसैगरी अर्को खेलमा राप्ती अञ्चल अटो इन्जिनियरिङ एशोसियसन दाङ शाखा विजयी भएको छ । प्रतियोगिताको फाइनल खेलमा १ का विरुद्ध ४ गोलले अटो व्यवसायी समिति विजयी भएको कार्यक्रम संयोजक माधव खनालले जानकारी दिएका छन् । फाइनल खेल रेडिमेट फेन्सी व्यवसायी र राप्ती अञ्चल अटो इन्जिनियरिङ एशोसियसन दाङ शाखाबीच भएको थियो । फेन्सी व्यवसायीले १ गोल गरेका थिए भने अटो व्यवसायीले ४ गोल गरेका थिए । सङ्घमा आवद्ध विभिन्न वस्तुगत समितिबीच नक आउट चरणमा प्रतिष्पर्धा गरेका थिए ।

संघका पूर्व अध्यक्ष माधवप्रसाद शर्माले रेफ्रीलाई वल हस्तान्तरण गरेर खेलको सुरु गरिएको हो । सैगरेर संघले आयोजना व्यवसायीहरू बीच दौड प्रतियोगितामा मनकर्ण केसी प्रथम र खेमराज भण्डारी द्वितीय भएको दौड प्रतियोगताका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए ।

त्यसैगरी बोरा दौड प्रतियोगितामा गणेश पाण्डे प्रथम र भिमसेन डिसी द्वितीय भएको बोरा दौड प्रतियोगताका संयोजक देवकला बस्नेतले जानकारी दिइन् । संघले व्यवसायीहरू बीच  मैत्रिपूर्ण प्रतियोगिता आयोजना गरेको हो ।स्थापना दिवस तथा साधारण सभाको अवसरमा रक्तदान, फुटबल प्रतियोगिता, हाजिरी जवाफ, दौड, बोरा दौड प्रतियोगिता आयोजना गरेको हो । संघले व्यवसायी व्यवसायीहरू बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न, आपसमा चिन जान गराउनका लागि र खेलकुदको भावनाको विकासमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद तथा सामाजिक काम गर्दै आएको छ । संघले चैत्र ९ गते स्थापना दिवस र चैत ११ गते साधारण सभा गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार