काठमाडौँ : सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएका छन् । आउँदो वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको हो ।बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्ने छन् ।
यस्तै, प्रदेश सरकार र पालिकाले तोकेका सार्वजनिक सेवा प्रवाह सम्बन्धी अन्य सेवा, बैङ्किङ तथा बीमा सम्बन्धी कारोबार पनि बिदाका दिन हुनेछन् । अस्पताल, दुरसञ्चार ९साइबर सेक्युरिटी तथा इन्टरनेसमेट०, अध्यागमन, फोहरमैला व्यवस्थापन, फायरबिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ ।
तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् । २०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।