नेपालले टस हार्‍यो, युएईविरुद्ध बलिङ गर्दै

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र २ गते बिहिवार

काठमाडौं :   नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गर्न लागेको हो । खेल बिहान साढे ९ बाट सुरु हुँदैछ । यो खेल हेर्न बिहान देखिनै टियु मैदानमा दर्शकको भीड छ । गेट बाहिर र मैदान परिसमा दर्शकको बिहान नै बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार