फिल्म ‘प्रेमा’को ‘फूल यो चुँडेर’ गीत सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०७९ चैत्र १ गते बुधवार

 काठमाडौं :  यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’ को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । फिल्मका प्रमुख तीन कलाकार शुभेच्छा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् ।

गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’ मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ । गीत हेर्दा प्रेमकै कारण प्रमुख तीन पात्रबीच खटपट भएको बुझ्न सकिन्छ ।गीतमा तीन पात्रको पीडालाई अलग अलग भावमा देखाइएको छ । केही दृश्यमा भने उनीहरूको प्रेमलाई पृष्ठभूमिका रुपमा प्रस्तुत गरिएको छ । गीत हेर्दा प्रेमको बढी पीडा शुभेच्छा र अरुणलाई भएको अनुभव गर्न सकिन्छ । फिल्ममा  शुभेच्छाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघ ठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको हो ।

गीत बाघ ठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेच्छा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो , प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया ( काजु )को अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ । फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रङ्ग संयोजन र महेश पौडेलको डीओपी छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार