काठमाडौं : आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । युएईलाई १७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो। यूएईविरुद्ध शानदार जित दर्ता गर्दै नेपालले आगामी कम्तिमा ४ वर्षका लागि एकदिवसीय मान्यता कायम राख्ने सुनिश्चित गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग-२ मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २४८ रनमा समेटियो। नेपालका लागी कप्तान रोहित पौड्यालले सर्बाधिक ७७ रनको योगदान गरे।आरिफ शेखले ४३ तथा गुल्सन झाले ३७ रन जोडे।
दीपेन्द्र सिं ऐरीले ३४ रनको योगदान गर्दा भिम सार्कीले २९ रन जोडे। कुशल भुर्तेल ८ रनमा आउट हुँदा आशिफ शेखले खातानै खोल्न सकेनन्।कुनै समय २२ रन जोड्दा तीन विकेट गुमाईसकेको नेपालको ध्वस्त ईनिङ भीम सार्की र रोहित पौड्यालले उकासेका थिए। दुवै जनाले ५४ रनको साझेदारी गर्दै नेपाललाई राहत दिएका थिए।बलिङतर्फ युएईका जवार फरिद,रोहन मुस्ताफा ,जहुर खान र आयन अफजल खानले समान÷दुई दुई विकेट लिए।
आजको खेल दुवै टोलीका लागि एक दिवसीय मान्यता जोगाउनका महत्वपूर्ण छ। ५ वर्षअघि एक दिवसीय मान्यता पाएको नेपाल आजको खेल जिते अमेरिकालाई उछिन्दै मान्यता जोगाउन सफल हुनेछ। लिगमा बाँकी ३ वटै खेल जिते नेपालले एक दिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउने छ भने जित्न नसकेको अवस्थामा क्वालिफायर खेल्नुपर्नेछ। घरेलु मैदानमै भएको अघिल्लो खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको थियो। युएई भ्रमणमा तीन जित निकालेको थियो। नेपाल पछिल्ला ९ खेलमध्ये ८ मा जित निकाल्न सफल भएको छ।
हाल अंक तालिकामा नेपालले ३३ खेलमा ३४ अंक बनाएको छ। समान ३३ खेल खेलेको युएईको ३१ अंक छ। नेपाल पाचौं स्थानमा उक्लिँदा युएई छैटौँ स्थानमा झरेको छ। सातौं स्थानमा रहँदै पीएनजी घटुवा हुने पक्का भइसकेको छ। ५० अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसक्दा दोस्रो स्थानको ओमानको ४४ अंक छ। ३९ अंकसहित नामिबिया तेस्रो स्थानमा छ। ३५ अंकसहित अमेरिका चौथो स्थानमा छ।