श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ मा भक्तजनको बढ्दै

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २८ गते आइतवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका  ५ नयाँ बसपार्क पुल्चोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ को पाचौँ दिन आइतबार भक्तजनहरूको उपस्थिति बढेको छ । जयशिव महाकाल बचाऊ अभियानले अशक्त, असहाय , दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ गत फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ ।

संस्थालाई जनमानसमा परिचित गराउने ,गरिब दुःखीहरूको लागि बासस्थान बनाउन निर्माण र उनीहरूको उपचारमा केही सहयोग पु-याउने मुख्य उद्देश्यले  श्रीमद्भागवत महापुराण  सञ्चालन गरिएको अभियानका अध्यक्ष तथा महापुराणका  संयोजक शेरबहादुर घर्तिमगरले जानकारी दिए ।

उनका अनुसार महापुराणमा दिनप्रतिदिन भक्तजनहरूको उपस्थिति बढ्दो क्रममा रहेको छ ।जयशिव महाकालले यसै वर्षको कात्तिक महिना देखि तुलसीपुरको बसपार्कमा अशक्त, असहाय गरिब, दुखीहरूलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आइरहेको उनले  बताए । 

उनले यो अभियान तुलसीपुरसँगै घोराही, लमहीको बसपार्कमा पनि सञ्चालन गर्ने तयारीमा रहेको पनि  बताए ।महापुराणमा दैनिक रुपमा कथा वाचकका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युत शरण धिताल रहेका छन् भने उप कथावाचकमा पण्डित अङ्गीरा जोशी रहेका छन् ।अभियानका अध्यक्ष घर्तिमगरका अनुसार आइतबार पाचौँ दिनसम्म करिब ४ लाख बढी आर्थिक संकलन भएको छ । श्रीमद्भागवत महापुराण फागुन ३० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार