राष्ट्रपति भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २८ गते आइतवार

काठमाडौं :  गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले सोमबार शपथ लिएसँगै भण्डारीले शितलनिवास छाड्ने छिन् । उनी सोमबार शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ ।

भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएकी थिइन् ।मुलुकको तेस्रो राष्ट्रपतिको रुपमा गत फागुन २५ गते रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन । पौडेलले सोमबार कायम मुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीबाट सपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार