उपराष्ट्रपति पदका लागि एमालेबाट अष्टलक्ष्मीको उम्मेदवारी दर्ता

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २७ गते शनिवार

काठमाडौं :  नेकपा ( एमाले ) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन्, भने समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि ५ / ५ जना संघीय तथा प्रदेश सांसदहरू प्रस्ताव र समर्थक बस्नुपर्ने कानुनी प्रावधान छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताइन् । उनले एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताइन् । शाक्य बागमती प्रदेशकी पूर्व मुख्यमन्त्रीसमेत हुन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार