नेकपाले बुझायो घोराही उपमहानगरलाई ज्ञापनपत्र

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २५ गते बिहिवार

दाङ :   नेपाल कम्युनिस्ट पार्टी घोराही नगर कमिटीले स्थानीय जनताको जनगुनासो र वर्तमान समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।नगर कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीले जनताका जनजिविकासँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र यातायात, विद्युत, खानेपानी, उद्योग, व्यापार र वित्तीय लगायतका समसामयिक विषयमा रहेका माग सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले नेपाल कम्युनिस्ट पार्टीले जनतासँग सरोकार राख्ने धेरै विषयको माग राखेको भन्दै त्यसमा कतिपय आफूहरूले गरिरहेको कामहरूमा सुधार ल्याउनुपर्ने र कतिपय कुरा केन्द्र सरकार, प्रदेश सरकार सम्बोधन गर्नुपर्ने भएको भन्दै यी मागहरूलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।

मागहरूलाई आफूहरूको स्रोत, साधन र जनशक्तिले भ्याएसम्म नगरको तर्फबाट काम गर्दै अगाडि बढ्ने र संघ, प्रदेशले गर्नुपर्ने कामहरूलाई पनि नगरबाटै सिफारिस र सम्बन्धित निकायलाई झकझक्याउने बताएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सी लगायत पार्टीका जनवर्गीय संगठन अध्यक्ष तथा संयोजक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार