महिला दिवसको अवसरमा ७ जना श्रमिक महिला पुरस्कृत

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन २४ गते बुधवार

दाङ :  “लैंगिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा  तुलसीपुर उपमहानगरपालिकाले ७ जना श्रमिक महिलालाई पुरस्कृत गरेको छ ।
उपमहानगरपालिकाले घर निर्माण ( मिस्त्री ) काम गर्ने २ जना र ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ५ जना महिलालाई नगद सहित प्रमाण पत्र सम्मान तथा  पुरस्कृत गरेको हो ।  

उपमहानगरको आयोजना  तथा १९ बढि बिभिन्न सहयोगी सङ्घसंस्थाको समन्वयमा बुधबार घर बनाउने ( मिस्त्री ) तुलसीपुर उपमहानगरपालिका  ७ की शिला चौधरी र  लिला चौधरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।  त्यस्तै, ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएकी तुलसीपुर उपमहानगरपालिका र ५ की शारदा अधिकारी,  ६ की राधा बिक,  ९ की सम्झना केसी,  १३ की तुलसी हमाल खड्का र १६ की बिना परियारलाई पनि सम्मान तथा पुरस्कृत गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार