राजधानी व्यवस्थापनको कार्यप्रति मुख्यमन्त्रीद्वारा चासो व्यक्त

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १८ गते बिहिवार

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनको कार्यलाई तीब्र बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिए ।  प्रदेश पूर्वाधार विकास समितिको १४ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी संरचना निर्माणको कामलाई तीब्र बनाउन निर्देशन दिए । राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा मुलुककै नमुना राजधानी शहर निर्माण गर्ने सरकारको लक्ष्यलाई मूर्तता दिनतर्फ सबै लाग्नुपर्ने भन्दै उनले गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको कामलाई समयमै सम्पन्न गर्नतर्फ प्राधिकरण लाग्नुपर्ने बताए  ।

 ‘भर्जिन ल्याण्डका रुपमा रहेको राप्ती उपत्यका देउखुरीमा नदी सभ्यतामा आधारित सुन्दर राजधानी शहर निर्माण गर्ने लक्ष्य अनुरूप गुरुयोजना निर्माण गरेको प्राधिकरणले सोही अनुसार काम अगाडि बढाउनु पर्दछ ’, उनले भने , ‘ प्रदेशबा सीलाई सुन्दर राजधानी शहर हस्तान्तरण गर्ने सरकारको उद्देश्यलाई सबै मिलेर सफल पार्नुपर्दछ  ।’ प्राधिकरणलाई सबै खालका सहयोग गर्न सरकार तयार रहेको बताउँदै उनले भने , ‘राजधानीको गुरुयोजना तयार पारेको प्राधिकरणले पूर्वाधार निर्माणलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्दछ । प्राधिकरणलाई सबै खालका सहयोग गर्न सरकार तयार छ ।’

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले राजधानी व्यवस्थापनको कार्य तीब्र रुपमा अगाडि बढेको जानकारी दिए ।  प्रादेशिक राजधानीको विकासका लागि गुरुयोजना बनाएर निर्माण तीब्र पारिएको भन्दै उनले समयमै राजधानीका संरचना निर्माण गर्नेगरी काम अगाडि बढेको बताए  । ‘सम्मानित प्रदेश सभाबाट निर्णय भएअनुसार प्रादेशिक राजधानीको विकासका लागि प्राधिकरणले गुरुयोजना बनाएर काम गरिरहेको छ’, उनले भने  ‘गुरुयोजना कार्यान्वयनका लागि सरकारको सहयोग अपरिहार्य छ । जग्गा एकीकरणको कार्यलाई छिटोछरितो अगाडि बढाउनुपर्दछ । यो गर्न सकियो भने प्राधिकरणलाई काम गर्न सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार