भारतबाट इन्धनको मूल्य घटेर आयो‚ तर निगमले नघटाउने

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १७ गते बुधवार

काठमाडौं :  ​भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी ) बाट आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा १ रूपैयाँ २१ पैसा र डिजेलमा ५ रूपैयाँ ५ पैसा घटेर आएको छ। यसैगरी आइओसीले पठाएको मूल्य सूचीअनुसार मट्टीतेलमा ३ रूपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रूपैयांँ ३ पैसा घटेर आएको छ।

खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ३ सय ३९ रूपैयाँ ६ पैसा बढेर आएका कारण निगमलाई प्रति सिलिण्डर ६ सय ३५ रूपैयाँ ५० पैसा घाटा लाग्ने निगमको भनाइ छ । तर ,समग्रमा निगमलाई केही नाफा भएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, निगमले आइओसीलाई भुक्तानी गर्नुपर्ने तथा पुरानो बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब १६ अर्ब रूपैयाँ तिर्न बाँकी रहेको बताउँदै पेट्रोलियम पदार्थको मूल्य नघटाउने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार