तुलसीपुरमा जय शिव महाकाल मानव सेवा आश्रमको आयोजनामा महापुराण सञ्चालन हुँदै

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १७ गते बुधवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका ५ नयाँ बसपार्क पुल्चोकमा श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ हुने भएको छ । जय शिव महाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि ३० गतेसम्म श्रीमदभागवत् महापुराण सञ्चालन हुन लागेको हो । आयोजक जय शिव महाकाल मानवसेवाले बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर महापुराण बारे जानकारी दिएको हो ।

महापुराणको प्रमुख कथा वाचकमा श्री अच्युत शरण धिताल र उपवाचक पण्डित अंगिरा जोशी रहेका छन् । जय महाकालले तुलसीपुर स्थित वष पार्कमा १२० दिनदेखि कोही नभएका र केही नभएकालाई निःशुल्क रुपमा खाना खुवाउँदै आएको छ । खासगरी केही नभएकाहरूलाई खाना खुवाउने मात्रै नभएर उनीहरूको उपचार र बस्नको लागि घर बनाउने उद्देश्यले महापुराण आयोजना गरिएको जय शिव महाकाल मानवसेवा आश्रमका सचिव शम्भु बुढामगरले जानकारी दिए ।  तुलसीपुर उपमहानगरपालिका ६ बस्ने शेर बहादुर घर्तीमगरको संयोजकमा भोग र प्यास विरुद्धको यो अभियान भएको भन्दै गत कात्तिक १६ गतेदेखि शुरु गरिब, दीनदुखी तथा अशक्तहरूले पनि आफ्नो भोग र प्यास मेटाउनु पर्छ ? निःशुल्क खान खाने अभियानको थालनी गरिएको हो । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार