पिकअप दुर्घटना हुँदा दुई जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १७ गते बुधवार

दाङ :  तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको पिकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार दिउँसो सवा २ बजेको समयमा रा १ त ३८४ नम्बरको पिकअप सल्यान रोडमा दुर्घटना भएको थियो । घाइते हुनेमा चालक सल्यान कपुरकोट गाउँपालिका ४ का २२ वर्षीय प्रकाश वली र सोही ठाउँका २८ वर्षीय देब बहादुर बिक रहेको प्रहरी बताएको छ ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । पिकअप ओभर स्पीडका कारण दुर्घटना भएको केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार