कृषकहरुको मागलाई मध्यनजर गर्दै  साकार सौरभ एग्रो प्रालि संचालनमा

Author Logo..
अनलाइन राप्ती २०७९ फाल्गुन १७ गते बुधवार

दाङ :  कृषकहरुको  मागलाई मध्यनजर गरेर तुलसीपुर १२  टरिगाउँ निवासी साकार खड्काले  साकार सौरभ एग्रो प्रालि संचालनमा ल्याएका छन् ।  पछिल्लो समय कृषिहरु प्रविधि मैत्री बन्दै गएको अवस्थामा विभिन्न किसीमका कृषि औजारहरु विक्री वितरणको लागि साकार सौरभ एग्रो प्रालि संचालन ल्याएको उनको भनाइ छ ।   

उनका अनुसार कृषिहरुलाई चाहिने घरेलु देखि उद्योगलाई चाहिने सम्पूर्ण उपकरण रहेका छन् । उनले बाहिरबाट  ल्याउने मुल्यमा भन्दा पनि सस्तोमा कृषि उपकरणहरु दिने पनि बताए । उनले भने,‘ पछिल्लो समय कृषिमा प्रविधिहरुको प्रयोग गर्ने काम भइरहेको छ । त्यसैलाई मध्यनजर गरेर एग्रो प्रालि संचालनमा ल्याइएको हो । बाहिर जिल्लाबाट ल्याउने मुल्य भन्दा सस्तो मुल्यमा सामाग्रीहरु दिइन्छ । ’ साथै उनले औजारहरुमा कुनै पनि समस्या भएमा तत्काल मर्मतको लागि पनि व्यवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार